विमानस्थल भन्सार कार्यालय प्रमुख फेरिए

नवलपुर टुडे
२०८० साउन ९ | मध्यान्ह ०५:०४ बजे

काठमाडौ । गत साताको एक क्विन्टल सुन काण्डपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुख फेरिएका छन् ।
अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको नयाँ प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका अरुण पोखरेलको स्थानमा पाण्डेलाई खटाइएको हो । उनी गत शनिबारसम्म राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारीमा थिए ।
यसअघिका पोखरेल लामो समयदेखि बिदामा छन् । सोही क्रममा गत बुधबार झण्डै एक क्विण्टल सुन काण्ड बाहिरिएको हो ।





