देश

    बाग्लुङको भिमगिठेका प्रहरी चौकी इन्चार्ज झुण्डिएको अवस्थामा मृत फेला

    नवलपुर टुडे
    २०८० साउन ९ | बिहान ०९:०४ बजे

      बागलुङ, साउन ९ । बाग्लुङको बडिगाड गाउँपालिकाको केन्द्रमा रहेको प्रहरी चौकी भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् ।

      बडिगाड गाउँपालिका वडा नं ६ स्थित आशा होटलको तल्लो तलामा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ । सोमबार राति १२ बजेसम्म पौडेलले होटलमा बसेर खाजा तथा मदिरा सेवन गरेको स्थानीयले बताएका छन् ।

      रातीको १२ बजे घटना भएको थाहा पाएपछि वडा अध्यक्ष सहितको टोलीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कासहितको टोलीले घटनास्थलमा अनुसन्धान थालनी गरेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् ।

      घटनाका बारे प्रहरी अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने उनले बताइन् ।

        कमेन्टहरु