चितवनको चौधकिलोमा बस र ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते

नवलपुर टुडे
२०८० साउन ९ | बिहान ०९:०४ बजे

चितवन, साउन ९ । चितवनको भरतपुर महानगरपालिका – २९ चौधकिलो पुलस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब साढे ७ बजेतिर नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको रा १८ ख २२३६ नं.को बस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नं.को ट्रक एक आपसमा ठोक्किएका हुन् ।
घाईतेहरुको अहिले भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको अबस्था सामान्य रहेको छ ।





