चितवनको कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

नवलपुर टुडे
२०८० साउन ९ | बिहान ०८:०४ बजे

चितवन, साउन ९ । चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।
आज बिहान बाटोमा पहिरो खसेका कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पहिरो पन्छाउने कार्य भइरहेतापनि पानी परिरहेकोले समस्या भएको छ ।
थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले बाटो खुलाउन समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।





