साउनको दोस्रो सोमबार शिब मन्दिरमा भक्तजनकाे घुइँचो


दिपेश कुमार साह
साउन ०८ । आज साउन महिनाको दोस्रो सोमबार । साउनको सोमबार शिव मन्दिर लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भिड छ । बिहान तीन बजेदेखि नै शिव नगर मन्दिरका चारै गेट खुला गरेर भक्तजनलाई दर्शन गराइएको शिव नगर क्षेत्रका पराजुलीले जानकारी दिए ।
जुन गेटबाट दर्शनार्थी प्रवेश गर्छन्, त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उनले बताए । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत बस्ने कि नबस्ने भन्ने धेरैमा अन्योल छ ।
साउनको तेस्रो सोमबार वर्त बसी पुजापाठ गरेमा आफूले चिताएका कुराहरु पुरा हुदैँ जानेछन् । यस दिनमा वर्त बसेर भगवान शिवका मन्त्रहरु पाठ गरि पूजा गर्नु पर्नेछ । शिव भक्तहरुको लागि यो पनि धेरै विशेष हुनेछ जो शिवको मन्त्र सिद्ध गर्न चाहन्छन । तपाईसँग भएका समस्याहरु र तपाईहरुले सोचेका र आटेका कामहरु व्रत बसेर पूजा गर्ने क्रममा आफूले मनमनै सम्झिनु भयो भने यी कुराहरु छिटै तपाईहरुले प्राप्त गर्न सक्नुको साथै समस्याहरु बिस्तारै हल हुदैँ जानेछन् ।
चौथो सोमबारः साउन महिनाको अन्तिम सोमबार व्रत बसेर पुजापाठ गर्दा दुश्मन र बाधाहरु टाढा हुँदै जानेछन् । तपाईंको आर्थिक समस्याहरु समेत बिस्तारै हल हुदैँ जानेछन् । यो अन्तिम सोमबार, जो वर्त बसेर भगवान शिवको पूजापाठ गरिन्छ । उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरुबाट पार लगाउने काम गर्नुहुने परम्परागत मान्यता रहेको छ । यस्तै त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुने मान्यता छ ।
साथै उसले सोचेका तथा अटेका कामहरु सबै पुरा हुदैँ जाने र भबिष्य उज्जोल बनाउन मद्धत हुने मान्यता रहेको शिब मन्दिरको पुजारिले बताए ।





