देश

    बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन ८ | मध्यान्ह ०७:०४ बजे

      बर्दिया । प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हृदयेश सापकोटाका अनुसार पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ लालीबजारका २१ वर्षीय अनिश थापा मगर रहेका छन् । 

      भारतको लौकाही हुँदै गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध रुपमा आउँदै गर्दा ९ सय ग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको हो । आइतबार साँझ प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरीले भे ७ प ६२४८ नम्बरको स्कुटर जाँच गर्दा उक्त पदार्थ फेला परेको जनाएको छ ।

      उनलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको सापकोटाले जनाए ।

       

        कमेन्टहरु