देश, समाज

    चीनले सिन्धुपाल्चोकको कुभिन्डेलाई नमूना गाउँ बनाइदिने

    नवलपुर टुडे
    २०८० साउन ८ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौँ । चीन सरकारले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ को कुभिन्डे गाउँलाई ‘जीवन्त’ गाउँको रुपमा विकास गर्ने भएको छ । ‘जीवन्त’ गाउँ नमूना परियोजनाको पूर्वसभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर सि युले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

      चीन–दक्षिण एसियाली मुलुकहरू गरिबी निवारण तथा विकास सहयोग केन्द्रको सहयोगमा अघि बढाइने परियोजनाले कुभिण्डेलाई कृषि र पशुपालनसँग जोड्दै जीवन्त गाउँ बनाउन चीन सरकारले कुनै कञ्जुस्याँइ नगर्ने कन्सुलर सिको भनाई छ । उक्त परियोजनाले नेपाल र चीनबीचको मित्रता अझ प्रगाढ हुने उहाँको विश्वास छ ।

      समारोहमा कृषि तथा ग्रामीण विकास आयोग चीनका निर्देशक लि जिउहोङ, साउथवेष्ट विश्वविद्यालय चीनका लि छुयेङको पनि उपस्थिति रहेको बताइन्छ । समारोहमा स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटालाई दूध प्याकिङ मेशिन हस्तान्तरण गरिएको छ । त्यसैगरी वडा नम्बर ४ का ४३६ जना विद्यार्थीलाई १८ किसिमका शैक्षिक र स्वास्थ्य सामाग्रीसहित विद्यालय झोला वितरण गरिएको छ ।

        कमेन्टहरु