देश

    ललित निवास प्रकरणमा कुपण्डोलबाट थप दुईजना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन ८ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । 

      उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

      उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

       

        कमेन्टहरु