प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

नवलपुर टुडे
२०८० साउन ७ | मध्यान्ह ०७:०४ बजे

काठमाडौँ । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाल रहेका छन् ।





