राजनीति

    भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा

    नवलपुर टुडे
    २०८० साउन ७ | मध्यान्ह ०७:०४ बजे

      काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा गएका छन्। 

      भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा गएका हुन्। पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाएका हुन्। 

      टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई रहने छन् ।भारतीय जनता पार्टीले ‘भाजपालाई जान्नुस् (Know BJP)’ अभियान सञ्चालन गरिरहेको छ। भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्।

      पछिल्लो समयमा माओवादी केन्द्रका नेताहरू भारत र चीन भ्रमणमा व्यस्त रहेका छन्।

        कमेन्टहरु