समाचार, समाज

    प्रभावशाली बचत समूहद्वारा क्यान्सर रोगबाट पीडित परिवारलाई आर्थिक सहयोग

    नवलपुर टुडे
    २०८० साउन ६ | मध्यान्ह ०८:०४ बजे

      खुरसेद हजाम
      प्रतापपुर, साउन ६ । प्रतापपुर गाउँपालिका- ६ का क्यान्सर पीडित अमर कोहारलाई प्रभावशाली बचत समूहद्वारा आर्थिक सहयोग गरेको छ । घाँटीमा क्यान्सरबाट पीडितलाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रभावशाली बचत समूहद्वारा नगद रु. २००००/-(बीस हजार) रुपैया सहयोग गरेको हो ।

      क्यान्सर पीडित अमर कोहारको परिवारीक स्थिति एकदम कमजोर भएकोले समाजको अगुवा सामाजिक संघ सस्थाबाट आर्थिक संकलन गरी उपचार गराउने गरेका छन।

      सेवा नै धर्म हो । भने सोच राख्दै आएको प्रभाशाली बचत समूहले विभिन्न कालखण्डमा सहयोग गर्दै आएको छ। प्रभावशाली बचत समुहका सदस्यहरु जापान र साउदी मलेसिया कतार र नेपालमा रोजगार व्यवसायी गर्दै आएका छन । अहिलेसम्म करिब एक लाख ६० हजारसम्मको आर्थिक सहयोग गरिसकेको संयोजक दिनेश यादवले बताए । आफ्नो देश गाउँ घर समाजमा दुखमा परेको बेला चुप लागेर बस्न नसक्ने प्रभाशाली बचत समूहको सोच रहेको संजिव थापाले बताए ।

      पीडित परिवारलाई श्री सजिव थापाले रु.१०,०००/-( दस हजार) को चेक र रु.१०,०००/- (दस हजार) को नगद सहयोग प्रदान गर्नुभयो । साथै पिडित परिवारलाई सहयोग गर्ने सबै संग प्रभावशाली बचत समूहले अनुरोध गरे।

      उक्त क्यान्सर पीडित परिवारलाई सामाजिक युवा विकास संस्थाको सदस्यहरु गाउँ घर टोल तथा पसलबाट विगत १० दिन देखि चर्को घाममा पनि पसल र घर/घर गई आर्थिक सहयोग माग्दै गरेको, समाजिक युवा विकास संस्थाका अध्यक्ष रामकृपाल गुप्ताले बताए ।

      प्रतापपुर गाउँपालिका- ३ बस्ने रामकेवल कोहारको २ नाति एक जनाको क्यानसर भएको अर्को एक जानको दुइटा हात भाँचिएको र घरको अवस्था एकदम कम्जोर भएकोले बुबाले आर्थिक सहयोग उठाउन जादा एक्कासी मानिस तनावले हृदयघात भई मृत्यु भएको थियो । घरको आर्थिक स्थिति कम्जोर भइ खान र उपचार गर्नका निम्ति शिघ्र स्वास्थ लाभको कामना गर्दै, आर्थिक सहयोग गरिदिन अपिलसमेत गरेको छ ।

       photo 2023 07 22 15 53 09photo 2023 07 22 15 53 02

      पीडितको हजुरबुवा : रामकेवल कोहार
      मोबाइल नम्बर: 9860678522
      खाता नम्बर: 11922300853665000001 प्रभावशाली बचत समूह शाखा प्रतापपुर- २ सेमरी

        कमेन्टहरु