प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

नवलपुर टुडे
२०८० साउन ६ | बिहान ०८:०४ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली भ्रमणका लागि जाँदैछन्। इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल आज त्यसतर्फ जान लागेका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत सहभागी हुनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले इटालीमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन्।
प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।





