देश

    धरानमा गोली हानी एक युवकको हत्या

    नवलपुर टुडे
    २०८० साउन ५ | मध्यान्ह ०८:०४ बजे

      विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ ।शुक्रबार दिउँसो गोली हानी  विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

      चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको सुनसरी प्रहरीले बताएको छ । मूलघाटबाट विराटनगर फर्किएका उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए ।

      चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । ढकालले गोली प्रहार गर्नेको हुलियाबाट पहिचान भइसकेको बताए ।

      ‘गोली प्रहार गर्ने मानिसको हुलिया पत्ता लागि सकेको छ, विगतमा पनि उनीहरु आपराधिक घटनामा संलग्न थिए,’ ढकालले भने, ‘उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । किन गोली हानियो भन्ने कुरा खुलेको छैन । गोली हान्नेहरू छिट्टै पक्राउ पर्छन् ।’

       

       

        कमेन्टहरु