ललिता निवास प्रकरणमा १७ जनालाई पक्राउ गर्न बाटो खुल्यो

नवलपुर टुडे
२०८० साउन ५ | मध्यान्ह ०६:०४ बजे

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेसँगै उनीहरुलाई पक्राउ गर्ने बाटो खुलेको हो ।
ललिता निवास प्रकरणमा पक्राउ नगर्न भन्दै कलाधर देउजा लगायतका १७ जनाले सर्वोच्च अदालतको एक न्यायाधीशको इजलासबाट अन्तरिम आदेश लिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट अन्तरिम आदेश लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिए ।





