देश

    लघुवित्त पीडितहरुलाई मीटरब्याज पीडितको मल्हमपट्टी

    नवलपुर टुडे
    २०८० साउन ५ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौँ । लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको मीटरब्याज तथा किसान मजदुर संघर्ष समितिले अर्को आन्दोलनरत लघुवित्तीय संस्थाको संघर्षमा ऐक्यबद्धता जनाएको छ । 

      शान्तिबाटिकामा धर्ना दिँदै आएको संघर्ष समितिको एक टोलीले आज लघुवित्तीय संस्थाको धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलनमा समर्थन जनाएको हो । करिब दुई दर्जन मीटरब्याज पीडितहरु लघुवित्त पीडितलाई सघाउन मण्डला पुगेका हुन् । 

      लघुवित्तीय संस्थाले निक्षेप फिर्तालगायत माग राखेर आन्दोलन चर्काइरहेको छ भने मीटरब्याजीमाथि कारवाही गर्नुपर्ने अडान लिएको संघर्ष समिति महिनौंदेखि सडकमा छ ।

       

        कमेन्टहरु