समाचार

    प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनित

    नवलपुर टुडे
    २०८० साउन ५ | मध्यान्ह १२:०४ बजे

      अध्यक्ष शिव लम्सालले लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही) लाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

      काठमाडौं, साउन ५  । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनित गरिएको छ।

      युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९)को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही) लाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

      युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार संगठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताए।

      लम्साल वि.सं २०७९ साउनमा हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।

        कमेन्टहरु