सुन तस्करीमा महराको संलग्नता नरहेको रेखा शर्माको दाबी

नवलपुर टुडे
२०८० साउन ५ | मध्यान्ह १२:०४ बजे

काठमाडौं, साउन ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।
शुक्रबार जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् ।





