स्वास्थ्य

    विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

    नवलपुर टुडे
    २०८० साउन ५ | बिहान ०७:०४ बजे

      बैतडी। बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्।

      जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा  ३५ वर्षीय टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्। 

      सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्हरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

        कमेन्टहरु