विमानस्थलभित्रै अझै १०० केजी बढी सुन रहेको आशंकामा विशेष अपरेशन जारी

नवलपुर टुडे
२०८० साउन ४ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा थप १०० केजी सुन रहेको आशंकामा विशेष अपरेशन चलाइएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको बताए ।
उनले भने, ‘हिजो पक्राउ परेको परिमाण वा त्यो भन्दा धेरै सुन रहेको आशंकामा अहिले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको छ । अप्रशनपछि के हो थाहा हुन्छ । अहिले शंका हो ।’
बुधबार बेलुका १०० केजी सुन भन्सार पास भएर विमानस्थल नजिकैबाट सुन पक्राउन गरेको थियो । राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो । चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको थियो ।





