देश

    पूर्वअख्तियार प्रमुख बस्नेत नयाँ दिल्लीमा समातिने सम्भावना

    नवलपुर टुडे
    २०८० साउन ४ | बिहान ०७:०४ बजे

      काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख दीप बस्नेतलाई भारतको नयाँ दिल्लीमा समातेर आज काठमाण्डौ ल्याइने सम्भावना देखिएको छ । 

      उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए । बस्नेत निकटहरुले उनी उपचारको लागि त्यता गएको बताउँदै आएका छन् । ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

        कमेन्टहरु