देश

    राष्ट्रियसभा बैठक बस्दै सम्भावित

    नवलपुर टुडे
    २०८० साउन ४ | बिहान ०६:०४ बजे

      काठमाडौं । आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्दैछ ।

      संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरणसबन्धी पत्रको व्यहोरा सदनलाई जानकरी गराउने छन् ।

      साथै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

       
       

        कमेन्टहरु