सुनसरीको बराहक्षेत्र सप्तकोशी किनारमा झगडा गर्ने थप दुईजना युवती पक्राउ

नवलपुर टुडे
२०८० साउन ३ | मध्यान्ह ०७:०४ बजे

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारामा झगडा गरेको आरोपमा थप दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–८ बस्ने १८ वर्षीय दुर्गा राई र २२ वर्षीय विनीता उराउ छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । असार २९ मा मादक पदार्थ सेवन गरेर ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेका थिए । सो घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले बताए ।





