समाचार

    चितवनको माडीमा मान्छेलाई आक्रमण गर्ने बाघ चितवन निकुञ्जको नियन्त्रणमा

    नवलपुर टुडे
    २०८० साउन ३ | मध्यान्ह ०७:०४ बजे

      चितवन,साउन ३ । माडीमा मान्छेलाई आक्रमण गर्ने बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । आज विहान १०ः३० बजे माडी नगरपालिका–३ रौतनी खोला किनारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

      मंगलबार तीन जना मानिसलाई आक्रमण गरेर घाइते ब नाएपछि बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार एक घण्टाको प्रयासपछि बाघचितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका प्राविधिक र कर्मचारीले बाघलाई नियन्त्रणमा लिएका हुन् ।

      मान्छे आक्रमण गरको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण उक्त बाघलाई नियन्त्रणमा लिइएको पुनले बताउनुभयो । सोही बाघको आक्रमणबाट स्थानिय रामनाथको बाख्रा समेत मरेको थियो ।

      उक्त बाघ अन्दाजी चार÷पाँच बर्षको भाले बाघ हो ।लाई नियन्त्रणमा लिइएको हो ।डार्ट गरिएका (औषधियुक्त सुई प्रहार गरी लठ्याइएको) बाघलाई निकुञ्जको हेडक्वाटर कसरामा रहेको खोरमा सुरक्षित ल्याइएको छ ।

        कमेन्टहरु