देश

    मीटरब्याज पीडित टोली संसद भवन घेर्न निस्कियो

    नवलपुर टुडे
    २०८० साउन ३ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौँ । मीटरब्याजीलाई कारबाहीको माग राख्दै काठमाडौंका सडकमा आन्दोलन चर्काइरहेका मीटरब्याज पीडितहरु आज पनि उत्रिएका छन् । मीटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा केही दिनदेखि लगातार धर्ना, जुलुस गरिरहेका पीडितहरुले आज बानेश्वरस्थित संघीय संसद भवन घेराउ गर्न लागेका हुन् ।

      संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहाको नेतृत्वमा संसद भवन घेराउ गर्न शान्तिवाटिकाबाट बृहत र्याली निस्किएको छ । शान्तिबाटिकाबाट शुरु भएको र्याली रणदीप, भद्रकाली, नयाँबाटो, माइतीघर मण्डला हुँदै बानेश्वरमा पुगेर कोणसभा गर्ने संघर्ष समितिले जनाएको छ । 

      र्यालीका सहभागीहरुले ‘जालि तमसुक खारेज गर’, ‘हाम्रो माग पूरा गर’, ‘गल्ली गल्लीमा स्वर छ, मीटरब्याजी चोर छ’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘मीटरब्याजी साहुको सम्पत्ति छानबिन गर’ जस्ता नारा लगाइरहेका छन् ।

        कमेन्टहरु