देश

    चीनबाट आएको १२ कन्टेनर विस्फोटक पदार्थ रसुवागढी नाकामा रोकियो

    नवलपुर टुडे
    २०८० साउन ३ | बिहान ०८:०४ बजे

      रसुवा । चीनबाट आएको १२ कन्टेनर विस्फोटक पदार्थ २० दिनदेखि रसुवागढी नाकामा रोकिएको छ । फास्ट ट्र्याक र जलविद्युत् परियोजनाका लागि विस्फोटक पदार्थ ल्याइएको थियो ।

      उता भारतले पनि नेपालको जलविद्युत् आयोजना निर्माणमा आवश्यक सामग्री रोकेर अवरोध खडा गरेको छ ।

      परियोजनाका लागि अत्यावश्यक विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासले ६ महिनादेखि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिएको छैन, लगानीकर्ताहरू विद्युत् विकास विभाग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र भारतीय दूतावासको चक्कर लगाउन बाध्य छन् तर सुनुवाइ भएको छैन ।

       

        कमेन्टहरु