लुम्बिनी प्रदेश

    नवलपरासी केरा उत्पादन संघको कार्यालयमा ताला बन्द

    नवलपुर टुडे
    २०८० साउन २ | मध्यान्ह १०:०४ बजे

      खुरसेद हजाम
      नवलपरासी, साउन २ । नवलपरासी प्रतापपुर गाउँपालिका वडा न ८ गागापुरस्थित केरा उत्पादन संघको कार्यालयमा किसान र व्यापारीबाट तालबन्द गरेका छन ।

      केरा उत्पादन संघले व्यापारी संग १.५ लाख धरौटी र केरा तौल प्रणाली खरिद गर्न प्रणालीको विरोध गर्दै, नवलपरासीका केरा किसान र व्यापारीले ताला बन्द गरेको हो । संघले मनोमानी ढङ्गले निर्णय गरेको र संघले मात्र ब्यापार गर्न खोजेको ब्यापारीहरुले आरोप लगाएका छन् ।

      यसै क्रममा संघको कार्यालय अगाडी ‘धरौटी रकम खारेज गर’, ‘तौल प्रणाली खारेज गर’ जस्ता नारा लगाएका उनीहरुले नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले पदबाट राजिनामा दिनुपर्नेसमेत माग गरेका छन ।

      संघका अध्यक्ष यादवले भने आफूहरुले किसानको हितमा निणर्य गरेकोमा ब्यापारीहरु अतालिएर आन्दोलन गरेको बताए । विगतका वर्षहरुमा ब्यापारीहरुले किसानको केराको रकम समयमै भुक्तानी नगर्ने, केराको परिमाण भन्दा थोरै परिमाण देखाएर सोही अनुसार हिसाब गर्ने गरेकाले धरौटीको व्यवस्था लागू गरिएको बताए ।

      यादवले व्यापारीले किसानको केराको भुक्तानी नगरेको खण्डमा धरौटी रकमबाट किसानलाई भुक्तानी दिने गरी कार्य गर्दा केरा किसान र केरा ब्यापारीहरुले संघको कार्यालयमा तालालगाएको समेत बताए । सो क्रममा दुबै पक्ष झडपसमेत भएका थिए ।

        कमेन्टहरु