देश

    माडीमा बाघको आक्रमणबाट तीन जना घाईते

    नवलपुर टुडे
    २०८० साउन २ | मध्यान्ह ०९:०४ बजे

      चितवन, साउन ०२ । चितवनको माडीमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार(आज) ५ः२०को समयमा माडी नगरपालिका ३ स्थित बैराठ जंगलबाट गाउँ पसेको  बाघले ३ जनालाई आक्रमण गरेको हो । बाघको आक्रमणबाट माडी ३का ४२ बर्षिय उमेश सहनी, ४१ बर्षिय महेन्द्र सहनी  र ५५ बर्षका रामनाथ माझि घाइते भएका छन्।

      उनीहरुको अवस्था समान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरुको हात र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । घाइतेहरुको उपचार बघौडा अस्पतालमा भएको छ । घाइते भएका रामनाथको एक वटा बाख्रासमेत बाघले मारेको प्रहरीले जानकारी दिएको छ ।

      गाउँ पसेको बाघलाई नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जको टोली हात्ति सहित त्यस ठाउँ तर्फ गएको छ । बाघ गाउँ नजिकै झाडिमा पसेको बताइएको छ ।

        कमेन्टहरु