लुम्बिनी प्रदेश

    दाङमा किशोरोमाथि करणी गरेको आरोपमा युवक पक्राउ

    नवलपुर टुडे
    २०८० साउन १ | मध्यान्ह ०७:०४ बजे

      दाङ। रोल्पाकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।

      घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

      उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता,प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए ।उनलाई थुनामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

        कमेन्टहरु