देश

    एक वर्षमा अख्तियारमा २० हजार भ्रष्टाचारका उजुरी

    नवलपुर टुडे
    २०८० साउन १ | मध्यान्ह ०७:०४ बजे

      काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार (हिजो) सकिएको आर्थिक वर्ष २०७९÷८० मा २० हजार तीन सय ७८ उजुरी दर्ता भएको छ। आयोगले अघिल्लो आर्थिक वर्षबाट सरेको ७ हजार १६३ सहित २७ हजार ५३० उजुरीमध्ये १८ हजार २४५ वटा फछर््यौट गरेको छ।

      प्रवक्ता भोला दाहालका अनुसार गत आर्थिक वर्ष २०७९/८० आयोगले १६२ वटा मुद्दा दर्ता गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा त्यो संख्या १३१ मात्रै थियो। १६२ वटा मुद्दामा प्रतिवादीको संख्या ७६९ रहेको छ। जसमा विशिष्ट श्रेणीका कर्मचारी एक जना, अरु कर्मचारी ३५५ जना विचौलिया १७८ छन्। त्यस्तै २२६ जन निर्वाििचत प्रतिनिधिहरुविरुद्ध पनि विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताए।

      १६२ मुद्दामा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो माग गरिएको छ। गत वर्ष आयोगले ३७ वटा घटनामा रंगेहात पक्राउ गरेको थियो। जसमा कर्मचारी ४० जना, ६ जना विचौलिया र ८ जना निर्वाचित जनप्रतिनिधि छन्। अघिल्लो वर्ष आयोगले विशेष अदालतबाट प्राप्त ३४१ फैसलामध्ये २३७ वटाको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ५७ वटा मुद्दामा मात्रै आयोगले पुनरावेदन गरेको थियो।

        कमेन्टहरु