सचिव राउत, गुरुङसहित चारको बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा


काठमाडौँ । ललिता निवास जग्गा काण्डमा पक्राउहरुको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । सोमबार प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इललासमा भएको बहस नसकिएपछि मंगलबारका लागि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको हो।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पर्याएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा पक्राउ परेका सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनीका मीनबहादुर गुरूङ, निर्वाचयन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट सिआइवीको पक्राउ गैरकानुनी भएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ।
सर्वोच्चमा सोमबार चारवटै निवेदलाई एक साथ राखेर सुनुवाइ गरिए पनि नसकिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए ।सिआइबीले पछिल्लो अनुसन्धानमा हालसम्म १७ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाविरुद्ध किर्तेसम्बन्धी कसुर र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।





