देश

    केरा किसानलाई ठगीबाट बचाउन नवलपरासी केरा उत्पादन संघले व्यपारी संग १.५ लाख धरौटी

    नवलपुर टुडे
    २०८० साउन १ | मध्यान्ह ०४:०४ बजे

      खुरसेद हजाम
      नवलपरासी । पश्चिम नवलपरासीका किसानहरु ठगीबाट बच्न र पैसा सुरक्षीत गर्नका लागि व्यापारी वर्ग संग १.५ लाख धरौटी राख्ने र केरा किसानमा हुने ठगीबाट बचाउनका निम्ति केरा संघले तौल प्रणालीबाट नियुनतम २० रुपैया किलो बराबरका केरा खारिद विक्रि गर्नका लागि व्यापारीलाई ५० प्रतिशत अनुदानमा डिजिटल काँटा वितरण गरिएको छ ।

      विगतको दिनमा केरा किसानले व्यापारीलाई केरा बिक्री गरेर केरा दिएर पनि केराको पैसा नपाउने फस्ने ठगिने गरेका छन । पछिल्लो वर्षमा ४७ व्यापारीले १५० किसानको २ करोड केराको पैसा फसाएका छन । किसानको नफसोस भने धरौटी प्रक्रिया लागू भएको छ । पैसा फसिहाले पनि किसानको निबेदन अनुसार उक्त व्यापारीको धरौटी रकमबाट पैसा काटी किसानलाई भुक्तानी दिने धारणाका साथ धरौटी प्रणाली लागू गरेको छ । यो प्रणालीले किसानको पैसा कम फसने तथा किसान ठगीबाट जोगिन छन् । नवलपरासी केरा उत्पादन संघका अध्यक्ष लखु यादवले बताए ।

      प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका १५०० सय घरधुरीले २२ सय बिगहा केरा खेती गर्छन् । १ विगहा ४० टन बराबर केरा हुने गर्छ । प्रति विगाहामा ३ लाख लगानी लाग्ने गर्छ । किसान केरामा आस्रित रहेर केरा खेती गर्न गर्छन् । यहाँ अन्य बाली भन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ ।

      नेपालको २२ जिल्लामा केरा खेती हुन्छ त्यस मध्ये उच्च गणस्तरका केरा नवलपरासीमा हुने गर्दछ । यहाँका केराको बजारीकरणका लागि समस्या छैन । नवलपरासी उत्पादन भएको केरा भैरहवा अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेका बताउँछन् ।

      केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना प्रधानमन्त्री कृषि विकास परियोजनाबाट नवलपरासीको प्रतापपुर गाउँपालिका सुस्ता गाउँपालिकामा केरा जोन आयोजना संचालन गरि कृषि कार्यक्रमबाट किसानलाई सहयोग गर्दैछ । केरा जोनले ५० प्रतिशत अनुदान सिचाइ सुबिधा केराको बेर्ना खरिद, कृषि उपकरणहरू उपलब्ध गराएको केरा जोनको संयोजक बेचन कोईरीले बताउनु भयो ।

        कमेन्टहरु