देश

    रौतहटको लाल बकैया नदीमा डुबेर एक विधार्थीको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन १ | बिहान ०६:०४ बजे

      दिपेश कुमार शाह

      रौतहट । रौतहट लाल बकैया नदीमा डुबेर एक बिद्यार्थीको मृत्यु भएको छ । कटहरिया नगरपालिका- ५ स्थित रहेको लाल बकैया नदिमा डुवेर एक विधार्थीको मृत्यु भएको हो ।

      मृत्यु हुनेमा जिल्लाको कटहरिया नगरपालिका- ४ स्थित बलिरामपुर घर रहेका अशोक साह कानुका छोरा सोनु साह कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमा शंकर यादवले बताए ।

      प्रहरीका अनुसार सोनुको उमेर करिब १५ वर्षका हुन । र उनी परीक्षा दिएर घर फर्कने बेलामा नदीमा नुहाउन गएको समयमा नुहाउने क्रममा मृत्यु भएको बताए ।

      प्रहरीका अनुसार उनको लाल बकैया नदिमा नुहाउने क्रममा डुवेर मृत्यु भएको बताएका छन् । र उनी ९ कक्षाको विधार्थी हुन । कटहरिया देखि १ किलाे मिटर पश्चिममा रहेकाे लालबकैया नदिमा पाँच जना साथीहरू संग स्नान गर्न गएका थिए । डुबे पक्षि साथीहरू गाउँमा आएर जनकारी दिए। कटहरियाकाे ईलाका प्रहरी र गाैर टाेली शवकाे उद्धार गरे । शवलाई जिल्ला अस्पताल गाैर पठाएकाे छ ।

      सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु