खेलकुद

    नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो मैत्रीपूर्ण खेल आज

    नवलपुर टुडे
    २०८० असार ३१ | बिहान ०८:०३ बजे

      काठमाण्डाै । नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

      ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ ।

      यसअघि भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए ।

      गएको वर्ष काठमाण्डौमा भएकाे साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल र बङ्लादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बङ्लादेशसँग फाइनलमा ३–१ ले पराजित भएको थियो ।   

        कमेन्टहरु