समाज

    ट्याङ लागेर जुम्लाको पेरे गाउँमा ५० वटा भेडाबाख्रा मरे, ७० अझै बेपत्ता

    नवलपुर टुडे
    २०८० असार ३० | बिहान १०:०३ बजे
    ट्याङ लागेर मरेको भेडाबाख्रा डोकोमा बोक्दै स्थानीय

      जुम्ला । जुम्लाको पातारासी गाउँपालिका- २ पेरे गाउँको दुगडा पाटन मा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरेका छन्, भने ७० वटा भेडाबाख्रा अझै बेपत्ता भएका छन्। बिहिवार दिउँसो २ बजे चट्याङ परेको थियो।

      पेरे गाउँका भेडाबाख्रा किसान हिरा बहादुर बुढा ६, कृष्ण ऐडी ३ वटा, पृथ्वी बहादुर बोहोरा ७ वटा, निम बहादुर बोहोरा १४ वटा दिप बहादुर ऐडी १५ जय बहादुर ऐडीको ५ वटा भेडाबाख्रा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढा मगरले बताए।

      उनका अनुसार दिउँसो पाटनमा भेडाबाख्रा चराउदै गरेको अवस्थामा चट्याङ परेको हो। चरण क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताए। उनले भने, ‘पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भेडापालन हो।

      सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने अवस्था आएको छ। पातारासीमा अहिले मात्रै होइन,हरेक वर्ष चट्याङले ठुलो नोक्सानी गरेको छ।’

        कमेन्टहरु