चट्याङ लागेर गुल्मीमा एक किशोरीको मृत्यु

नवलपुर टुडे
२०८० असार २८ | बिहान १०:०३ बजे

गुल्मी, असार २८ । गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका- १, सिम्लेकी बेगबहादुर बलालकी १५ वर्षीय छोरी टीका बलालको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिईन् । उनलार्ई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएकोमा उपचारको क्रममा बुधबार राती १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो।
मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेका अनुसार मृतक किशोरीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाईएको छ।





