देश

    वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा

    नवलपुर टुडे
    २०८० असार २७ | मध्यान्ह ०९:०३ बजे

      काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

      अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

      त्यस्तै, अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

      कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो ।

      यस प्रकरणमा एकजना फरार रहेका छन् ।

        कमेन्टहरु