समाचार, समाज

    कांग्रेस सभापति देउवाद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

    नवलपुर टुडे
    २०८० असार २७ | मध्यान्ह ०७:०३ बजे

      काठमाडौँ । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले सिता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

      देउवाले भनेका छन्,, “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी, पार्टीकी नेतृ तथा केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको खबरले स्तब्ध भएको छु । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथ प्रचण्डजी लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

      ६९ वर्षीय सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

      asar 27 death of sita dahal iTFbLutAKs

        कमेन्टहरु