प्रधानमन्त्रीपत्नी दाहालको निधनप्रति कृष्णनगर नगर कमिटीद्वारा दु:ख व्यक्त

नवलपुर टुडे
२०८० असार २७ | मध्यान्ह ०१:०३ बजे

कपिलवस्तु, अषाढ २७ । नेकपा माओबादी केन्द्र नगर कमिटी कृष्णनगर अध्यक्ष जाबेद आलम खां लगायत सम्पूर्ण पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफूहरू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
खांले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’
प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।





