समाज

    प्रधानमन्त्रीपत्नी दाहालको निधनप्रति उपाध्यक्ष मशहूदद्वारा दु:ख व्यक्त

    नवलपुर टुडे
    २०८० असार २७ | मध्यान्ह १२:०३ बजे

      कपिलवस्तु, अषाढ २७ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जली  व्यक्त गरेका हुन् ।

      उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

      प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

        कमेन्टहरु