देश

    दुई छोरीलाई अँगालेर रोए प्रचण्ड, सीताको पार्थिव शरीर नर्भिकबाट पेरिसडाँडा लगिदै

    नवलपुर टुडे
    २०८० असार २७ | बिहान ११:०३ बजे

      काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर नर्भिक अस्पतालबाट निकालिएको छ ।

      अन्तिम श्रद्धाञ्जलीका उनको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडांँडा राखिनेछ । दुई छोरी रेनु र गंगासहित प्रचण्ड भावविह्वल अवस्थामा अस्पतालबाट निस्किएका छन् ।

      सीताको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । बुधबार बिहान सीताको नर्भिकमा निधन भएको थियो ।

        कमेन्टहरु