झापामा ठूलो बर्षा, सतर्कता अपनाउन महाशाखाले आग्रह

नवलपुर टुडे
२०८० असार २७ | बिहान ०६:०३ बजे

काठमाण्डौ । अहिले पूर्वको झापामा ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम तथा नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
आज पूर्वको कोशीसहित बाग्मती र गण्डकीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।





