लुम्बिनी प्रदेश, शिक्षा

    बिजयनगरका त्रिनेत्र माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण

    धर्मेन्द्र कुमार कुर्मी
    २०८० असार २६ | मध्यान्ह ०७:०३ बजे

      नन्द किशोर कुर्मी

      विजयनगर, असार २६।  विजयनगर गाउँपालिका- ७ मधुनगर साेनबरसामा अवस्थित श्री त्रिनेत्र माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ ।

      मंगलबार एक कार्यक्रम विच छात्रवृत्ति र खाजा वितरण गरिएको हो । उक्त विद्यालयमा ३५० जना छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति र खाजा वितरण गरिएको प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिए ।

      विद्यालयका ब्यबस्थापन अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ८ सम्म अध्यन गर्ने ३५० जना बालबालिलाई छात्रवृत्ति बितरण गरिएका हुन ।

      विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हाे ।

        कमेन्टहरु