देश

    हेलिकप्टर दुर्घटना ज्यान गुमाएका ६ जनाकाे शव काठमाण्डाै ल्याइयाे

    नवलपुर टुडे
    २०८० असार २६ | मध्यान्ह ०८:०३ बजे

      काठमाण्डाै । सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाण्डौ ल्याइएकाे छ । अल्टिच्युड एअरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव काठमाण्डाै ल्याइएको हो ।

      अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज बिहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबै छ जनाकै ज्यान गएको थियाे । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित पाँचै जना मेक्सिकन नागरिक रहेका छन् ।

      सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए । यसैबीच मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएकाे छ ।

        कमेन्टहरु