अपराध

    स्कुलबाट बच्चा लिएर फर्किने महिलाको सिक्री लुट्ने तीन जना पक्राउ

    नवलपुर टुडे
    २०८० असार २६ | मध्यान्ह ०७:०३ बजे

      काठमाडौँ । ललितपुरको चाकुपाट र धोबिघाटमा असार १७ पछि लगातार सुनको सिक्री लुटपाट गर्ने पक्राउ परेका छन । पक्राउ पर्नेमा पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–११ लुकुसी बस्ने वर्ष ३२ को लोलिन काजी महर्जन, ललितपुर–७ सुन्धारा बस्ने ३१ वर्षीय रवीन्द्र शाक्य र काठमाडौँको नरदेवी बस्ने ३३ वर्षीय रोहन नेपाली छन् ।

      लुटमा संलग्नहरुले स्कुल छुट्टीपछि बच्चा लिएर घर फर्किरहेका महिलालाई ‘टार्गेट’ गरिरहेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरले लुटमा संलग्न ३ जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।

      आरोपीतहरु विरुद्ध प्रहरीले चोरी र लुटपाट मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । लोलिन महर्जन मुख्य लुटेरा हुन् । मोटरसाइकल बाट झरेर लुट्ने र स्ट्याण्डबाई राखिएको मोटरसाइकल–स्कुटरमा चढेर भाग्ने उनीहरूको अपराध शैली देखिएको एसएसपी शाहले जानकारी दिए ।

      असार १९ मा ललितपुरको धोबिघाटमा सारिका कुशवाहसँग कुरा गर्दागर्दै आरोपीतले सिक्री लुटेर भागेको सिसिटिभी फुटेजमा देखिन्छ । कुशवाह बच्चा लिएर घर फर्किँदै थिइन् । बच्चा लिएर फर्किँदै गर्दा साथमा बच्चा र झोला हुनले प्रतिकार गर्न असहज परिस्थितिको मौकामा लुटेराले सिक्री लुट्ने गरेको ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले बताए ।

        कमेन्टहरु