देश

    निवास प्रकरण: थप दुईजना मालपोत कार्यालयका पूर्व कर्मचारी पक्राउ

    नवलपुर टुडे
    २०८० असार २६ | मध्यान्ह १२:०३ बजे

      काठमाडौँ । बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले थप दुई जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा योगराज पौडेल  र  नारायणदास मिश्र छन् । योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्व खरिदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले जानकारी दिए ।

      सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 

        कमेन्टहरु