समाज

    बालेनमाथि किन कुदृष्टि, बालेनले गरेको राम्रा काम कुकर्मनै भए देश निकाला गर

    नवलपुर टुडे
    २०८० असार २५ | मध्यान्ह ०८:०३ बजे

      दिपेश श्रेष्ठ
      काठमाडौ । भनिन्छ नि लटरम्म भएर जुन बाेटमा फल फलेकाे हुन्छ त्यही बाेटमा बढी झटाराे आउँछ । हाे, त्यही भएकाे हाे काठमाडौंका मेयर बालेन्द्र शाहलाई !

      बर्षाैँ बर्ष नगरलाई बिरुप बनाउँदै सडक पेटी (फुटपाथ ) ओगटेर ब्यापार गर्ने ब्यापारीहरुबाट नगरलाई राम्राे मात्र बनाएन बालेनले सरकारी जमिनमा घर टहरा हालेर कराेडाैँ भाडा उठाउने पार्टीका हुकुमबासीहरुकाेसमेत अबैध धन्दा चाैपट पारिए ।

      राजनितिक आडमा गरिने कर्मचारी तन्त्रकाे बिरुद्धमा नगरकाे शिक्षामा सुधार गरी दिँदा सरकारी स्कुलमा आफू राजनिति गर्ने अनि शिक्षाकाे नाममा कमाउनकाे लागि नजिकै महँगाे शुल्क लिएर स्कुल खाेल्ने शिक्षाका माफियाहरुकाे पनि महानगरपालिकाका शिक्षा नियमावली ल्याएर बालेनले माफियाहरुलाई चाबुक दिए ।

      सुकुम्बासी समस्या मेराे होइन, बालेनले कदापी भनेका थिएन । तीन पुस्ते छानवीन गरी महानगर भित्रकाे विभिन्न ठाउँमा बसेकाे अव्यवस्थित बस्तिहरुका भुमिहिन नागरिकलाई राज्यले भुमि दिलाउनु पर्‍यो भनेकाे थिए । तर, केन्द्र सरकारले राजनिति स्वार्थ साँधेर आफ्ना पार्टीगत हुकुमबासीहरुलाई बालेन बिरुद्ध परिचालन गरे, फलस्वरुप महानगर भित्र विभिन्न ठाउँकाे अव्यवस्थित बस्तिहरुमा डाेजरसमेत लगाउन बालेन बाध्य भए ।

      शिक्षा सँगै विद्यार्थीमा सीप बिकासका लागि महानगर भित्र सञ्चालित स्कुलहरुमा सिलाई, पलम्विङ्ग, इलेक्ट्रोनिक लगायता दर्जनाै सीपमुलक तालिमसहितकाे कक्षा हरेक सुक्रबार सञ्चालनमा ल्याए ।

      यस्ता कयौं उदाहरणीय काम बालेनले गरे जाे याे देशकाे केन्द्र सरकारले गर्न सकेका थिएन । राजनैतिक दलका नेताहरुबाट महानगरकाे निर्णयहरुमा हरपल हस्तक्षेपका कारण सिंह दरबारको फाेहाेरसमेत बालेनले नउठाउने निर्णय गर्न बालेनलाई बाध्य गरायो ।

      के बालेनले नगरबासी नागरिककाे बिरुद्धमा चालेका पाईला र गरेकाे निर्णय थियाे त ? जाे राजनिति दल र दलगत युवाहरु बालेन माथि खनिनु ? के यस्ताे बिषयमा आवाज उठान गर्नु बालेनले अपराध नै गरेकाे हाे त ?

      राष्ट्रिया र देशकाे संस्कार संकृतिकाे जगेर्ना गर्ने सिलसिलामा आदि पुरुष काण्डमा बालेन अदालतमा समेत तानिए । साँचिनै देश र जनताकाे हितमा बालेनले हरेक कदम उठाएकाे हाे भने बालेनकाे सामर्थनमा एक हाेऔँ । अन्यथा बालेनलाई देश निकाला गराेैँ ।

        कमेन्टहरु