नवलपरासीमा देवरले गर्यो मोटरसाइकलको सकर प्रहार गरी भाउजुको हत्या


नवलपरासी, असार २५ । नवलपरासीमा मोटरसाइकलको सकर प्रहार गरी देवरले भाउजुको हत्या गरेका छन । नवलपरासीको रामग्राम- १० मंझरिया स्थित तेजनारायण चौधरीको श्रीमती बर्ष अन्दाजी २५/२६ की मिरा चौधरीलाई जग्गाको विषयलाई लिएर वादविवाद झै-झगडा हुदा आफ्नै देवार बर्ष २७ को चन्दन चौधरीले मोटरसाइकलको सकरले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पुर्याएको थियो । त्यहाँ सामान्य उपचार गरी थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा पुर्याउदा आइतबार साझ ९:०५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
मृतक चौधरीको टाउकोमा गहिरो चिट लागेको थियो । मृतकको शव पृथ्वीचन्द्र अस्पताल परासीको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम हुन बाँकी छ । हत्या आरोपित देवरलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मृतकको २ बर्षको छोरा रहेको र निजको श्रीमान पनि बिदेशबाट आज घरमा आइपुगेको छ ।
उक्त घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्र.नि. किशोर आचार्यको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी प्रारमभ्कि अनुसन्धान पूरा गरि म्याद थपको लागि सम्मानित जिल्ला अदालत परासीमा पठाउने तयारी गरेको पाण्डेले बताए ।





