रौतहटको एक विद्यालयमा आगजनी, लाखौ नोक्सान


दिपेश कुमार शाह
राैतहट । फतुवा बिजयपुर नगरपालिका- १ स्थित न्यु दिला ईङलिश बाेर्डिङ स्कुलमा आगलागीबाट लाखौ क्षती भएको छ । घुसुकपुरको एक बिद्यालयमा पनि एक बर्ष अगाडि आगलागी भएको थियो ।
बुधवार राति १०:३० बजेकाे समयमा उक्त बिद्यालमा आगजनी गरेर एउटा पलसर, अपाचे मोटरसाइकलबाट भाग्दै गरेको अबस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संचालक अनिल कुमार यादवले गाउँका श्यामसुन्दर साह तेलिकाे छाेरा, सुनिल साहले बिद्यालयमा आगजनी गरेको बताए । संचालक यादवले सम्बन्धित निकायले कुनै चासो नलिदा अपराधीहरुको झन मनोबल बढ्दै जाने र झन ठूलो घटना गर्ने बताए । सो क्षेत्रका बिद्यालय संचालकहरु अहिले त्रास पैदा भएको बताए ।
सो बिद्यालयमा अध्यान गर्ने बिद्यार्थीहरुले समेत आगजनी गरेको घटनाबारे दुख ब्यक्त गरेका छन । बिद्यालयमा माता सरस्वतीको मन्दिर हुन्छ । यस्तो पबित्र ठाउँमा आएर आगजनी गर्ने ब्यक्तिहरुको पहिचान गरी कडा बारबाही होस ताकी भोलिको दिनमा कसैले यस्तो गर्न आँट नगरोस एक बिद्यार्थीले भने ।
आगजनी गरेका सुनिल साहलाई ईलाका प्रहरी कार्यालय बिजयपुरले नियन्त्रणमा राखि थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक अरबिन्द साहले बताए । आगजनीमा नष्ट भएको सामाग्रीहरु ४ ओटा सेलिग पंखा, बिद्यार्थीहरुको बस्ने बेन्च ३५ ओटा र घरसमेत आगजनीबाट नष्ट भएको छ । सो आगजनीबाट ५ लाख ७० हजार बराबरकाे सामाग्रीहरु जलेर नष्ट भएको समेत बताए ।
याे घटना भन्दा पहिला पनि एक पटक साेही वडाको अर्काे बाेर्डिङ स्कुलमा आगजनी भएकाे थियाे । सो आगजनीमा आरोपित सुनिल साहकाे नै संलग्नता रहेको बिद्यालय संचालक यादवकाे आराेप छ ।
स्थानीय श्यामसुन्दर साह तेलिकाे छाेराले धम्की दिदै साँझेदारीमा राख्नुस नत्र बिद्यालय संचालन गर्न दिदैन भन्दै धम्की दिदै आईरहेको यादवले बताए । आगजनी ईलाका प्रहरी कार्यालय संतपुर र स्थानीयहरूकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे हो ।





