देश

    धनुषामा बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या 

    नवलपुर टुडे
    २०८० असार २४ | मध्यान्ह ०७:०३ बजे

      जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका- ४ का अशोक जयसवालको घरमा डेरा गरी बस्दै आएका एक किशोरले बासी भात खान दिएकै निहुँमा सौतेनी आमाको हत्या गरेको खुलेको छ ।

      भारतको बेतिया नरकटियागञ्ज थाना केयुनियाका राजु भगतकी श्रीमती ३९ वर्षीया मीरादेवी भगत शनिबार डेरामा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ढल्केवरले मृतक मीराका छोरा १९ वर्षीय प्रेमकुमार भगतलाई नियन्त्रणमा लिएको थियो ।

      अनुसन्धानको क्रममा प्रेमकुमारले नै आमाको हत्या गरेको खुलेपछि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बासी भात खान नमानेपछि बुवालाई गालीगलोज गर्दा आवेगमा आएर धक्का दिँदा आमा भुईंमा लडेको र त्यसपछि चिर्पटले पिठ्युमा हान्दा टाउकोमा लागेपछि मृत्यु भएको प्रेमकुमारले प्रहरीमा बयान दिएका छन् ।

      प्रहरीका अनुसार मृतक आमाको शरीरमा कपडा र जुटको बोरा राखेर प्रेमकुमारले आगोसमेत लगाएका थिए । घटना लुकाउन मृत्युपछि आमालाई जलाउन खोजेको प्रेमकुमारले स्वीकारेका छन् ।

        कमेन्टहरु