ललिता निवास प्रकरणः बहालवाला सचिव राउत पक्राउ

नवलपुर टुडे
२०८० असार २४ | मध्यान्ह ०६:०३ बजे

काठमाडौँ, असार २४ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका बहालवाला सचिव नै पक्राउ परेका छन् ।प्रहरीले आइतबार कृष्णबहादुर राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
सीआईबीले आइतबार नै यस प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको थियो । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।





